कार्तिक १, काठमाडौं । आज (शुक्रबार) देखि पर्सि (आइतबार) सम्म देशका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन गएपछि नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव सुरु हुन थालेको हो।
पश्चिममा पश्चिीमी वायु र मध्य तथा पूर्वी क्षेत्रमा स्थानीय वायुका प्रभावले आगामी तीन दिनसम्म देशका केही स्थानमा हल्का वर्षाको सम्भावना देखिएको उनले बताए।
मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसमी अनुमान गर्ने गर्छ।
मौसमविद् अर्यालका अनुसार अहिले देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली तथा मध्य र पूर्वका पहाडी भेगमा आंशिक बदली भएको छ। बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज अपराह्नपछि पश्चिम पहाडका एक/दुई स्थानमा हल्का क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
हेरौं मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको आगामी तीन दिनसम्मको मौसमी अुनमान :
कार्तिक ०१ गते शुक्रबार
दिउँसो : देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रही पश्चिमी पहाडी भूगका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यया सफा रहनेछ ।
राति : देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पूर्वी पहाडका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यया सफा रहनेछ ।
कार्तिक ०२ गते शनिबार
दिउँसो : देशभरि आंशिक बदली रही अपराह्नपछि पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।
राति : देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूगका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।
कार्तिक ०३ गते आइतबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।